‘बाटाेमा हिँड्दा लाेगाे लगायाे भने कसैले पड्काइदेला भन्ने डर’

 वैशाख ३, २०७८ शुक्रबार १८:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाअन्तर्गकाे दिगो विकास तथा सुशासन समितिका सदस्य रमेशजङ्ग रायमाझीले जुन सरकार आए पनि सधैँ सरकार र सरकारका मन्त्रीलाई अनुकूल हुने गरी बजेट ल्याउने गरिएको भन्दै आपत्ति जनाउनुभएकाे छ । समिति सदस्य रायमाझीले दिगो विकासका लक्ष्य प्राप्तिलाई प्राथमिकतामा राखेको/नराखिएको बारे समितिले चासोका साथ अध्ययन गर्नुपर्ने बताउनुभएकाे छ । 

शुक्रवार सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरिएकाे कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरू देश र नागरिककाप्रति जिम्मेवार बन्न नसक्दा पछिल्लो पुस्तामा राजनीतिप्रति नै घृणा उत्पन्न हुन थालेको भन्दै उहाँले सबैले जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘लोगो लगायो भने, बाटोमा भेट्यो भने मान्छेले पड्काइदेला भन्ने डर । देश बिगार्नेमध्ये यो पनि एक हो भनेर । ... राजनीति मात्रै गर्‍यौँ हामीले पार्टीको राजनीति गर्‍यौँ, आफ्नो राजनीति गर्‍यौँ । देश र नागरिकप्रति हामी जिम्मेवार भएको मलाई कहीँ कतै लाग्दैन । यही हो भने राजनीतिमा मेरो छोरी, छिमेकीको छोरी, मेरा नातागोताका छोराछोरी, पढिरहेका टिनेजरहरू राजनीति भनेरै घृणा गर्छन् । बाबुआमालाई घृणा गर्न थालिसके उनीहरूले । तिमीले यो देश, तिमीले देशलाई हेरेनौँ, देशप्रति जिम्मेवार भएनौँ, सिस्टममा देशलाई चल्न दिएनौँ भनिसकेँ । अहिले बाटोमा हिँड्दा मैले त लोगो लगाउन छोडिसकेको छु ।’  

त्यसैगरी समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभयो । 

सुपारी आयातका लागि दिइएको अनुमतिबारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया