डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै - आज विश्व सम्पदा दिवस मनाइँदै छ ।
हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा सम्पदा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पनि सम्पदा संरक्षणमा जोड दिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् ।
२०७२ सालको भूकम्पले नेपालका महत्त्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका झण्डै एक हजार सम्पदामा क्षति गरेकोमा अहिलेसम्म ४ सय ९० पुनर्निर्माण भएका छन् । अरु बाँकी सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ ।
भत्केका तथा क्षति भएका सम्पदा बेलैमा पुनर्निर्माण नहुँदा सम्पदाको महत्त्व नासिँदै गएको छ । कतिपय लोप हुने अवस्थामा पुगेका छन् । पर्यटन व्यवसायमा समेत असर पर्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागले सम्पदाको पुनर्निर्माण तथा संरक्षणमा निरन्तर काम भइरहेको र सबै सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धार एकैपटक गर्न नसकिने बताएका छन् ।
महत्त्वपूर्ण धरोहरको रुपमा रहेको रानीपोखरी पुनर्निर्माण भइसकेको छ भने धरहरा आउँदो ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भागको काम सकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरिसकेको छ । काष्ठमण्डप तथा रातो मच्छिन्द्रनाथलगायतका सम्पदाको काम भइरहेको छ ।
२ सय ९४ गुम्बाको मर्मत सम्भार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जिर्णोद्धार तथा पुनर्निर्माणमा केही ढिलाइ भए पनि भूकम्पपछिको पुनर्निर्माणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।
चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्तिलाई यसै वर्ष फिर्ता ल्याइएको छ । नेपाल ल्याउन सफल लक्ष्मी-नारायण मूर्तिलाई पुरातत्व विभागले जिम्मा लिएर सुरक्षितसँग राख्न लागि पाटन सङ्ग्रहालयमा पठाएको छ । डल्लास म्युजियम अफ आर्टमा २०७७ साल मंसिरमा मूर्ति भेटिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।