विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघ्यो

 वैशाख ५, २०७८ आइतबार ८:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघेको छ ।

विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् ।  

यी तीन देशमा मात्रै १०  लाखभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको ज्यान गइसकेको छ । यस्तै भारतमा एक  लाख ७७ हजार एक सय ६८ जनाको ज्यान गएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको ज्यान गएको छ ।

पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको ज्यान जाने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया