अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृह मन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । राष्ट्रिय सभा सदस्य पदमुक्त भएसँगै गृह मन्त्री पदबाट समेत मुक्त हुनुभएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले त्यही पदमा पुनः नियुक्त गर्नुभएको हो ।
कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट २०७४ को राष्ट्रिय सभा सदस्य चुनावमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रिय सभा सदस्यबाट मुक्त गरिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।
गृह मन्त्रीमा पुनः नियुक्त थापाले आइतवार नै साँझ ५ बजे शपथ लिनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।