१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापना

 वैशाख ७, २०७८ मंगलबार १३:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ ।

सङ्घको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ ।

यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता समेत प्राप्त भइसकेको सङ्घले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुबीचको पूँजीलाई नेपालमा भित्र्याइ उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले गैर आवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने मात्रै भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी द्रुत भएर काम गर्न सुझाव दिनुभयो ।

यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ्ग प्रणाली मार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउने तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकूल वातावरण निर्माण गरिदिने प्रतिबद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गर्नुभयो । 

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडिदेखि लगानी गर्दै आएको भए पनि सन २०१२ देखि सामूहिक रुपमा लगानी भित्र्याउन सुरु गरेको बताउनुभयो । अहिले पनि १० अर्ब रुपैयाँ सामूहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम सुरु गरिएको बताउनुभयो ।

केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गैर आवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट सुरु भएको फण्डलाई १ खर्ब पुर्याउने योजना रहेको पनि बताउनुभयो ।

त्यस फण्डमार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभएर कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सपरेन्सी पनि भित्रिने बताउनुभयो । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रहेकाे पनि बताउनुभयो । 

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्काशन गरिनेछ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया