काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा हल्का वर्षा

 वैशाख ८, २०७८ बुधबार ९:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले यी क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी पार्ने प्रणाली पूर्वी क्षेत्रमा सरिरहेकाले दिउँसोपछि पूर्वी क्षेत्रमा पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छ । स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन्  ।

सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।  भोलि र पर्सिसम्म नै यो प्रणाली सक्रिय रहने सम्भावना रहेकाले भोलि र पर्सि पनि पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, देशका धेरैजसो ठाउँमा तुँवालो लागेको छ । भारतबाट धुवाँ र धुलोसहितको हावा नेपाल प्रवेश गरेकाले तराईका जिल्लासहित देशका धेरै ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया