मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिँदा नेपाल पनि फाइनलमा प्रवेश

 वैशाख ८, २०७८ बुधबार १६:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचकाे खेल बराबरीमा सकिएको छ ।

पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो र दुवै देशले एक/एक अङ्क बाँडे ।

यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । आजको खेल बराबरी भएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । मलेसिया भने बाहिरिएको छ ।

नेदरल्याण्ड्सको पाँच अङ्क भएको छ भने नेपालको चार अङ्क रहेको छ । मलेसिया एक अङ्कसहित पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्नेछ ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया