वामदेवको प्रष्टोक्ति - ओलीसँग ‘डिनर मिटिङ’ चल्दै थियो, कुरा नमिलेपछि बाहिरिएँ

 वैशाख १०, २०७८ शुक्रबार ९:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीवार ‘डिनर मिटिङ’ भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार राति अध्यक्ष ओलीसहित गौतम, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएर ‘डिनर मिटिङ’ गरेका हुन् । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले गौतमलाई पार्टी काममा आफूसँग फर्कन आग्रह गर्नुभएको थियो । तर नेता गौतमले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले फागुन २८ गते फर्कन नसक्ने बताएपछि आफू बालुवाटारबाट ‘डिनर मिटिङ’ बीचैमा छाडेर हिँडेको गौतमले बताउनुभएको छ । 

उहाँले भन्नुभएको छ- ‘असंवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेंँ । उहाँले ती निर्णय फिर्ता हुँदैन भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’ 

नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा बिहीवार राति ओली र गौतमबीच भेटवार्ता भएको हो । त्यसअघि अध्यक्ष ओलीले बिहीवार दिउँसो नेता माधव कुमार नेपालसँग काठमाण्डौको एक होटलमा २ घण्टा ‘वान टू वान’ छलफल भएको थियो ।

तस्बिर : एमालेका प्रमुख सचेतक विशाल भट्टराईकाे फेसबुकबाट

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया