इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडकाे ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरेर ल्याएकाे गृहप्रवेश अफर अन्तर्गत १ सय रुपैयाँमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्ने आईएमई ग्रुपले जनाएकाे छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरेर कुनै न कुनै माध्यमबाट आईएमई पे वालेटमा १ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यसमा प्रयाेगकर्ताले १ सय रुपैयाँ नै बोनस रकम तत्काल प्राप्त गर्नेछन् । यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ ।
यसरी प्रयाेगकर्ताकाे ‘आईएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसिबसी आफ्नै मोबाइलबाट गर्न सकिने छ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिने आईएमई ग्रुपले जनाएकाे छ । यी सवै सेवाका लागि ‘आईएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ ।
यो योजना अप्रिल २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा नै निहित हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।