अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
बारा - परवानीपुर ६६ के.भी डबल सर्किट लाइनको टावर नम्बर २८३ देखि २८४ को बीचमा नयाँ टावर थप्ने काम आजदेखि सुरु हुने भएको छ ।
टावर थप्ने र कन्डक्टर तान्ने काम गर्नका लागि आज बिहान ६ बजेदेखि भोलि बेलुका ६ बजेसम्मका लागि लाइन सटडाउन गरिएको छ । ६६ केभी प्रशारण लाइन क्षमता अभिवृद्धिका लागि काम गर्न लगातार ३६ घण्टा लाइन बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भोलि बेलुका ६ बजेसम्ममा पनि काम गर्न नसकिए प्रसारण लाइनको सटडाउन अवधि थपिन सक्नेसमेत प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ । यो प्रसारण लाइन बन्द हुँदा अरु क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्रसारण लाइन बन्द हुँदा जगदम्बा फ्याक्ट्री, हामा स्टिल र हुलास स्टिल फ्याक्ट्रीमा पूरै समय विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै आज भक्तपुर वितरण केन्द्रको नगरकोट फिडरअन्तर्गत पर्ने खरिपाटी मुहानपोखरी नजिक झोलुङ्गेपुलको साइटमा रहेको एच.टी. लाइन मर्मतको काम हुँदैछ ।
मर्मतको काम गर्नुपर्ने भएकाले मुहानपोखरीदेखि नगरकोटक्षेत्रसम्म आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।