इराकमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गयो

 वैशाख १२, २०७८ आइतबार ११:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न  निर्देशन दिनुभएको छ ।
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया