नेप्सेमा झण्डै ७६ अङ्कको पहिरो, सबै समूह राताम्मे

 वैशाख १२, २०७८ आइतबार १६:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ७६ अङ्कले घटेको छ । सबै समूहको शेयर घटेपछि नेप्से ७५ दशमलव ७९ अङ्कले घटेर २५ सय ७२ दशमलव २२ विन्दुमा झरेको छ ।

आइतवार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनकाे दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ ।

आइतवार दुई सय १५ कम्पनीका एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया