शेयर बजार आज पनि राताम्मे, नेप्से २५ सय विन्दुमा झर्‍याे

 वैशाख १३, २०७८ सोमबार १५:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव  ६१ विन्दुमा झरेको हो ।

सोमवार बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९, फाइनान्सको झण्डै २८ अङ्कले, माइक्रो फाइनान्सको एक सय १२ अङ्कले, उत्पादनको ९५, अन्यको ५४ र लगानी समूहको शेयर झण्डै तीन अङ्कले घटेको छ ।

सोमवार दुई सय २० कम्पनीका एक करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्सको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया