भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने डब्ल्यूएचओकाे तयारी

 वैशाख १४, २०७८ मंगलबार ६:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्त्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताउनुभएको छ ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर आफूहरुले काम गरेको उहाँले बताउनुभएको छ ।

भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमित निक्कै धेरै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना सङ्क्रमित थपिएका छन् । यो हिजोको तुलनामा थपिने संख्या झण्डै ३५ हजार कम हो। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैया पाउन पनि मुस्किल छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया