धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले फेरि शपथ ग्रहण गरेका छन् । तीनै जनालाई बुधवार (आज) कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।
यही वैशाख ३ गते बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेको निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन मन्त्रीले विश्वासको मत दिएका थिए । उनीहरूलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरूले वैशाख ५ गते प्रदेश प्रमुख कलौनी समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पार्टी निर्देशन विपरीत 'फ्लाेर क्रस' गरेको आरोप लगाउँदै एमाले प्रदेश सभा दलले तीनै जनालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभा सचिवालयलाई गरेको थियो । त्यहीअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको जानकारी दिनुभएको थियो ।
पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई आज फेरि प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटन मन्त्री बुढालाई फेरि त्यही मन्त्रालय दिइएको छ । पर्यटन मन्त्री बुढाले उद्योग मन्त्रीका रूपमा यससँगै तीन पटक पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।