सरकार सञ्चालनमा कुनै समस्या नरहेको कांग्रेसको ठहर
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरीतका क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान बन्द नहुने बताउनुभएको छ ।
बुधवार नेकपा एमालेकाे माधव समुहका नेताहरूको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रावलले पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत गरेको गतिविधिका विरुद्ध देशव्यापी रूपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफूहरूको अभियान नराेकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरीत र नेकपा एमालेको विधान विपरीत केन्द्रीय कमिटीलाई भङ्ग गर्नुभयाे । कथित आयोजक कमिटी बनाउनु भयाे महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने जति पनि गतिविधि गर्नुभएको छ, यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्ग निर्देशन, नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय विपरीतका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रूपमा कार्यकर्तालाई नेकपा एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाका लागि चलाएकाे अभियान सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई कायम राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइँदैन, तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई फेरि पुष्टि गरेका छौँ ।’
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले यस्तो अवस्थामा औषधि उपचार, स्वास्थ्यकर्मीलगायतका काम गर्नुपर्थ्याे, त्यसतर्फ सरकारले प्रभावकारी रूपमा काम गरेको पनि देखिएन । सरकारले पनि यसमा प्रभावकारी रूपले काम गर्नुपर्छ भन्ने कुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’
नेता रावलले अध्यक्ष ओलीले आफूहरूलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताउनुभयो । नेपालको कानुनअनुसार ओलीले आफूलाई कारबाही गर्न नसक्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।