आईपीएलमा हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

 वैशाख १६, २०७८ बिहीबार ६:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो  । चेन्नईका लागि रुतुराज गायकवाडले ७५ तथा फाप डु प्लेसिसले ५६ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले ७ रन बनाए ।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डे र डेबिड वार्नरले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

मनिषले ६१ रन तथा डेभिड वार्नरले ५७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै चेन्नई ६ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । हैदराबाद भने  ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया