अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका सांसद खिम विक्रम शाहीलाई अस्पतालमा बन्दी बनाएर राख्नुको कारण माग गरेको छ ।
जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति निकालेर अस्पतालमा बन्दीको रुपमा राख्नुको कारणसहित उहाँको अवस्था सार्वजनिक गर्न सकारसँग माग गर्नुभएको हो । गण्डकी प्रदेशको सरकारकाविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने जनमोर्चाले निर्णय गरिसकेको छ ।
मतदानको समयमा एकाएक सांसद शाही गायब भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाही उपस्थित नहुँदासम्म मतदान स्थगित गर्न माग गर्नुभएको थियो । त्यसलगत्तै सभामुखले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।
गण्डकी प्रदेशका सांसदहरुको प्रदेश सांसद शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसलगत्तै उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुराले आफूहरु अचम्मित भएको जनमोर्चाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।