शुक्रबार पनि राहदानी सम्बन्धी सेवा प्रदान गरिने

 वैशाख १६, २०७८ बिहीबार ११:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सेवाग्राहीको चाप बढेसँगै साउदीमा रहेको नेपाली दूतावासले शुक्रबार पनि राहदानी (पासपाेर्ट) सम्बन्धी सेवा प्रदान गर्ने भएको छ ।

राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको भन्दै दूतावासले बैशाख, जेठ र असार महिनाभरि शुक्रबार पनि सेवा प्रदान गर्ने जनाएको हो ।

सार्वजनिक बिदाका दिन पनि राहदानी सेवाका लागि दूतावास खुल्ला रहने व्यवस्था गरेको दूतावासले जनाएको छ । राहदानी नवीकरण गर्न चाहनेहरुले नवीकरण गर्न र नयाँ बनेर आएको राहदानी लिन चाहनेहरुले राहदानी बुझिलिन सक्नेछन् ।

यस्तै दूतावासमा राहदानी बनाउन आउनेहरुले आफूसँग भएको राहदानीको सक्कल, त्यसको फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्यरुपमा लिएर आउनुपर्ने दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया