लगातार चौथो जीतसहित नेपाली महिला टोली खो–खो विश्वकपको क्वाट...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – गण्डकी प्रदेशका प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिनुभएको छ । बिहीवार विज्ञप्तिमार्फत उहाँले सदनमा जाने तयारी गर्दै गर्दा अचानक बिरामी भएको र भाइलाई सम्पर्क गरेर अस्पताल लैजाने क्रममा आफू बेहोस भएको बताउनुभएको हो ।
उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भइ मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार भएको महसुस गरिरहेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’
यस्तै उहाँले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विषयवस्तुलाई आधार बनाएर धारणा नबनाइदिन पनि आग्रह गर्नुभएको छ । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकोले पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेकोसमेत उहाँले बताउनुभएको छ । आफ्नो स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भइरहेको भन्दै उहाँले स्वस्थ भएपछि थप कुरा प्रष्ट पार्ने बताउनुभएको छ ।
बुधवार गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्तावमा मतदान हुने भए पनि सांसद शाही अनुपस्थित भएपछि बैठक नै स्थगित भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।