चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेकाे छ ।
बिहीवार होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक एक सय ४२ दशमलव ८८ अङ्कले बढेको छ ।
बिहीवार चार अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरका ९८ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ३० करोड ९६ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
बिहीवार महिला लघुवित्त वित्तिय संस्था र सिनर्जी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशले बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।