सरकार सञ्चालनमा कुनै समस्या नरहेको कांग्रेसको ठहर
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सरकारले लागू गरेकाे निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएकाे बताउनुभएकाे छ ।
शुक्रवार हामीसँगकाे कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा नागरिककाे स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि भएकाले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गर्नुभयो । अहिले नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पोखरेलले बताउनुभयो ।
यसैबीच उहाँले कोरोनाविरुद्ध लड्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पाेखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गर्नुभएको छ ।
कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने उहाँकाे भनाइ छ । अहिले लागू भएको निषेधाज्ञा कोरोना सङ्क्रमणको फैलँदो अवस्थाको 'चेन ब्रेक' गर्न भएको उहाँले बताउनुभयो । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न उहाँकाे आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।