च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।
सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा सिंहदरबारको पश्चिमी गेट नजिकै, थापाथली, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकका बिक्री केन्द्र १२ घण्टा खुल्ने कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभर ४५ वटा बिक्री केन्द्र रहेका छन् ।
कम्पनीले जुम्ली मार्सीसहित विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामग्री बिक्री गर्दै आएको छ । बजारमा पाइने खाद्यान्न भन्दा कैयौँ गुणा सस्तोमा सामग्री पाइने पनि कम्पनीको दाबी छ ।
यसैबीच कम्पनीले गएकाे वर्षको लकडाउनको समयमा सुरु गरेको अनलाइन डेलिभरी सेवा यो पटक पनि प्रभावकारी रूपमा चलिरहेकाे जनाएको छ । उपभोक्ताले www.napalfood.gov.np बाट चक्रपथभित्र र www.sastodeal.com मार्फत काठमाण्डौ उपत्यकाभरि नै खाद्य सामग्री घरघरमै पुर्याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।