वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ युवा उद्यमी पुरस्कृत

 वैशाख १७, २०७८ शुक्रबार १७:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ ।

नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झापाका ज्ञानेन्द्र सम्वाहाम्फेलाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

बिहीबार मन्त्रालयमा भएको भर्चुअल कार्यक्रममा श्रम मन्त्री गौरिशंकर चौधरी र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पुरस्कृत हुने उद्यमीलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको मन्त्रालयले जनाएको छ । उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारको राशि एक लाख रुपैयाँ र उद्यमी राष्ट्रिय पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेकाे छ ।

विदेशमा काम गरि फर्किएका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम उद्यमी राष्ट्रिय पुरस्कारको लागि उद्यमी छनौट गरिएको हो । यस पुरस्कारको लागि ८५ जनाले आवेदन दिएकोमा ९ जना छनौट गरिएको मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया