प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । शुक्रवार सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै एमसीसीबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
अमेरिकाले एमसीसीमार्फत नेपाललाई सित्तैमा ठूलो सहयोग गरेको भए पनि अनेक किसिमका भ्रम र झुटा प्रचार गरिएको देउवाले बताउनुभयो । एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटा प्रचार गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसीसी सुरु भएको हो । मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यत्ति भएको हो, क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो । यो ठूलो अनुदान हो, ब्याज तिर्नुपर्ने पनि छैन । यो केबल अनुदान हो ।’
यस्तै बेठकमा कांग्रेसले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीको पर्याप्त आपूर्ति गर्न सरकारसमक्ष माग गरेको छ ।
देउवाले कोरोनाको सङ्क्रमणका कारण नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारलाई ११ बुँदे सुझावसमेत दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।