इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै रेजर्स पोखरा थन्डर्सले काठमाण्डाैमा चलिरहेकाे नेपाल सुपर लिग (एनएसएल) मा शुक्रवार (आज) गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बराबरी खेलेका दुवै टोलीले एक–एक अङ्क बाँड्दा दुवैले तीन खेलबाट चार अङ्क बनाएका छन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो । यद्यपि काठमाण्डाैले काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखराको रक्षा पङ्क्तिलाई ताेड्न सकेन । दोस्रो हाफमा फरक रणनीतिका साथ खेल देखाएको काठमाण्डाैका धेरै प्रयास खेर गएका थिए ।
स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रिएका दुवै टोलीले आक्रमक सुरुवात गरेका थिए । तेस्रो मिनेटमा काठमाण्डाैका स्टेफन बियोङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । पोखराका मौसा अब्बाले छैटाैँ मिनेटमा सुनौलो अवसर गुमाए । पेनाल्टी क्षेत्रबाट गरेको फितलो प्रहार काठमाण्डाै रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिएका थिए ।
दोस्रो हाफको अन्तिमतिर पोखराले काउन्टर गर्दै स्पष्ट जित निकाल्न प्रयास गरे पनि सफल हुन सकेन । खेलको इन्ज्युरी समयमा पोखराका प्रविन स्याङतानले 'हेडर' मार्फत गोल गरे पनि रेफ्रीले अफसाइडको सङ्केत दिएका थिए ।
खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाण्डाैका राजन गुरुङ चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा शनिवार दुई खेल हुनेछन् । पहिलो खेल धनगढी फुटबल क्लब र एफसी चितवन तथा दोस्रो खेल बुटवल लुम्बिनी र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।