दिल्लीमा काेराेना महामारी नियन्त्रणका लागि सेनालाई आग्रह

 वैशाख २१, २०७८ मंगलबार ६:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ । यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन् ।

कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ । अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ ।

यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताउनुभयो । रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रोतसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

दिल्लीमा अक्सिजनको अभावमा सङ्क्रमितले दैनिकजसो ज्यान गुमाइरहेका छन् भने शैया अभावमा कयौँ मानिस तड्पिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया