प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार (आज) बस्दैछ । दिउँसो चार बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा भइरहेको उपलब्धि र आउँदा रणनीतिको बारेमा छलफल हुनेछ ।
बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनकाे समय सीमा आज राति नौ बजे सकिँदैछ । तर अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सकेका छैनन् ।
आजै दिउँसो सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नुभएको छ । बहुमतको सरकारका लागि जसपाको ठाकुर पक्षले साथ नदिने बताइरहेको बेला भएको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।
नयाँ सरकार गठनका लागि देउवाले एमालेको माधव नेपाल पक्षका सांसदको राजीनामाको अपेक्षा गरे पनि एमालेले माधव नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेपछि गठबन्धन सरकार बनाउन कांग्रेसलाई थप हम्मे–हम्मे परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।