काेराेना सङ्क्रमणबाट थप दुई सय १४ जनाकाे ज्यान गयाे, २४ घण्टामा पाँच हजार ५५ जना निकाे

 वैशाख ३०, २०७८ बिहीबार १७:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई सय १४ जनाकाे ज्यान गएकाे छ । यसअघिकाे विवरण र पछिल्लाे २४ घण्टामा समेत गरी दुई सय १४ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार चार सय ६६ पुगेकाे छ । 

यस्तै पछिल्लाे २४ घण्टामा आठ हजार नाै सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १९ हजार चार सय ७४ जनाकाे पीसीआर र सात सय ७१ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार नाै सय ६० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । याेसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेकाे छ । 

यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेकाे छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् ।  

आज काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ६२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा दुई हजार सात सय ३३, ललितपुरमा चार सय ८१ र भक्तपुरमा तीन सय ४८ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया