आज इद : स्वास्थ्य मापदण्डको ख्याल गरेर मनाइँदै

 वैशाख ३१, २०७८ शुक्रबार ६:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज शुक्रबार मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ ।

इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान ब्रतको आज अन्तिम साँझ चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । यो पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । यसवर्ष कोरोना महामारीका कारण अरु चाडपर्व र काजकर्मजस्तै इद उल फित्तर पनि स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाउन सरकारले आग्रह गरेको छ ।

मुस्लिम समुदायका अगुवाहरुले पनि भीडभाड नगरी र स्वास्थ्य मापदण्डको ख्याल गरी इद मनाउन ध्यानाकर्षण गराएका छन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया