राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

 जेठ १, २०७८ शनिबार १३:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीबीच आज भएको छलफलले कोरोना महामारी बढ्दै गएकोले अर्को निर्णय नभएसम्मको लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाले जेठ २२ देखि २५ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने राप्रपाले जनाएको छ । यस्तै बैठकले कोरोना भाइरस सङ्क्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।

सङ्क्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ ।
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया