भारतमा दैनिक सङ्क्रमण र मृत्युदर केही घट्यो

 जेठ १, २०७८ शनिबार १४:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युदर केही घटेको छ । दैनिक चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि र चार हजारभन्दा धेरैको ज्यान जान थालेको भारतमा केही केही दिनदेखि सङ्ख्या घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार भारतमा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिए भने तीन हजार आठ सय ९० जनाको ज्यान गएको छ । भारतले गएको जनवरीमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । अहिलेसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक चार लाखसम्म पुगे पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर सङ्क्रमित धेरै देखिएका दिल्ली, मुम्बई लगायतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।  

कोरोनाको ठूलो संकट सामना गरिरहेको भारतमा अहिले अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया