उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् । १६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ । अहिले विश्वभर सक्रिय संक्रमितकाे सङ्ख्या १ करोड ८३ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ८२ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।
शून्य दशमलव ६ प्रतिशत अर्थात १ लाख २ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर छ । यस्तै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका देशरुमा पनि संक्रमणदर कम हुदै गएको छ । दोस्रो लहरको संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको भारतमा केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको छ । भारतमा आज ३ लाख १० हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हिजो ३ लाख २५ हजार र अस्ति झण्डै साढे ३ लाख संक्रमित थपिएका थिए ।
यस्तै अमेरिका, ब्राजिल, फ्रान्स, बेलायतलगायत देशमा पनि संक्रमणको दर घट्दो क्रममा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।