ओली–नेपाल वार्ता : जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा कार्यदल बन्यो

 जेठ २, २०७८ आइतबार १६:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न नेकपा एमालेमा दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो ।

कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरू सबै कुरा टुङ्गो लगाउनका लागि वार्ता टोली बनाइएको अध्यक्ष ओलीसँगको छलफलपछि नेता नेपालले जानकारी दिनुभयो । 

गएको शुक्रवार ओली र नेपाल पक्षका नेताहरूले पार्टीभित्रकाे विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए । यसअघि जेठ २ गते नफर्कने भए सामूहिक राजीनामा दिने खनाल–नेपाल समूहले तयारी गरेपछि अध्यक्ष ओली जेठ २ गते फर्कन तयार हुनुभएको थियो । त्यही सहमति कार्यान्वयनका लागि आज कार्यदल बनेको हो । कार्यदलका लागि तीन दिनभित्र प्रतिवेदन तयार गर्ने नेताहरूले बताएका छन् ।  

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया