चक्रवातका कारण भारतमा १२ जनाको ज्यान गयो, एक लाख ५० हजार जना विस्थापित

 जेठ ४, २०७८ मंगलबार ६:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको जनजीवन अस्तव्यस्त भएको छ ।

तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् ।

सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।

भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन्  । समुद्रमा चार मिटरसम्म लहर उठेको छ । यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा  आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गर्नु भएको छ । उहाँले केन्द्र सरकारले सक्दो सहयोग गर्ने बताएका पनि खबरमा उल्लेख गरिएको छ । चक्रवातमा फसेकाहरुको उद्धारका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया