अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गर्नु भएको छ ।
उहाँले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गर्नु भएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्यालेस्टाइनीको ज्यान गएको छ भने इजरायलतर्फ दुई बालबालिकासहित १० जनाको ज्यान गएको छ । इजरायलले गाजामा मारिएका धेरैजसो हमासका विद्रोही लडाकु रहेका दाबी गरेको छ । तर हमास समूहले भने मारिने सबै नागरिक रहेका प्रतिक्रिया दिएको छ । यस्तै, इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पनि बताएको छ । गाजा क्षेत्रमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि अपिल गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।