‘आफ्नै नेतृत्वकाे सरकार बन्ने अवस्था आए पछि हट्दैनाैँ, अरूकाे नेतृत्वमा सहभागी हुँदैनाैँ’

 जेठ ४, २०७८ मंगलबार १४:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने स्पष्ट गरेका हुन् । तर राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए सरकार गठन गर्न अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ ।

यसअघि जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा सांसदहरूलाई आ–आफ्नो विवेक प्रयोग गर्न दिएको थियो । त्यसबेला अध्यक्ष ठाकुर पक्षका सांसदहरू तटस्थ बसेका थिए भने अध्यक्ष यादव समूहका सांसदहरूले भने विश्वासको मतको विपक्षमा मत दिएका थिए । जसपाका एउटा समूह र एमालेकै खनाल–नेपाल समूहले विश्वासको मत नदिँदा प्रधानमन्त्री ओली अल्पमतमा पर्नुभएको थियो ।

यस्तै पार्टीमा उत्पन्न भएका समस्यालाई आन्तरिक रूपमै छलफल गरेर पार्टी विधानअन्तर्गत रहेर समस्याको समाधान गर्नुपर्ने संयुक्त विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया