कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्राे स्थानमा
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग जरिबाना नलिन निर्देशन दिएको हो ।
यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी प्रक्रियासमेत अघि नबढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निषेधाज्ञा अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनुभयो ।
यस्तै नेपालमा अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने प्रवक्ता ढकालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।