इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – केही दिनयता बढेर रेकर्ड कायम गरेको शेयर बजार परिसूचक नेप्से बुधवार भने घटेको छ । कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेप्से १३ दशमलव शून्य नौ अङ्कले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा झरेको छ ।
बैंक, होटल, व्यापार र फाइनान्स समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ५२ अङ्कले घटेको छ । यस्तै जलविद्युत् समूहको साढे ६० अङ्कले, जीवन बीमाको २९, निर्जीवन बीमाको एक सय ५८, उत्पादनको ६६ र अन्य समूहको शेयर साढे २७ अङ्कले ओरालो लागेको छ ।
नेप्से घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । आज दुई सय १४ कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् । यो रकम नेपालको शेयर बजार इतिहासमा अहिलेसम्मकै धेरै हो ।
बुधवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ङ्यादी ग्रुप हाइड्रोको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त, रुरु हाइड्रो, गुराँस फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंकको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।