मलेसियामा पनि फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण, पूर्ण लकडाउनको तयारी

 जेठ ६, २०७८ बिहीबार १२:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमण अहिलेसम्मकै धेरै भेटिएको छ ।

बुधबार कोरोना महामारी सुरु भए यताकै सबैभन्दा धेरै एकै दिन ६ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सबैभन्दा धेरै एकै दिन गएको जनवरी ३० मा एकै दिन ५ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तर बुधबार भेटिएको सङ्क्रमितको सङ्ख्याले यो रेकर्ड पनि तोडेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै यसको रोकथामका लागि पूर्ण लकडाउन गर्नेबारे छलफल भइरहेको जनाइएको छ । यसबारेमा शुक्रबार निर्णय हुने त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

मलेसियाको औद्योगिक क्षेत्र सेलेङ्गरमा सबैभन्दा धेरै एकै दिन २२ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । जहाँ नेपाली श्रमिक पनि ठुलो सङ्ख्यामा कार्यरत छन् । मलेसियामा बुधबारसम्ममा ४ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारी अस्पतालहरूमा आईसीयू लगभग भरिन थालेको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया