प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले दुनियाँ हँसाउने काम गरेकाे बताउनुभएकाे छ । बिहीवार (हिजाे) बहुमत छैन भनेर विश्वासकाे मत नलिने निर्णय गर्नुभएका प्रधानमन्त्री ओलीले फेरि बहुमत छ भनेर दाबी गर्दा विश्व हाँसेकाे प्रवक्ता शर्माले बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा विश्व हाँसेको छ ! लाज स्वयम् लजाएको छ !’
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
यस्तै प्रवक्ता शर्माले राष्ट्रपति संस्थाकाे गरिमा बचाइराख्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएकाे छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ५३ सांसद्काे आफूलाई समर्थन रहेकाे दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाउनुभएकाे छ ।
यस्तै नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेकाे पत्रसहित राष्ट्रपति समक्ष दाबी पेस गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।