देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा

 जेठ ७, २०७८ शुक्रबार २०:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाउनुभएको छ ।

संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा २६ जना सांसदलाई आफूहरूले कारबाहीकाे तयारी गरेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन उल्लेख गरिएको छ ।

एमालेको माधव नेपाल पक्षका केही सांसदले देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै हस्ताक्षर गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि देउवालाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत गएका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएका छन् । 

केही सांसदले व्यक्तिगत रूपमा पनि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै शीतल निवासमा पत्र पठाइरहेका राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा आइरहेकाे पत्र हेर्दा र दुवै पक्षको दाबी हेर्दा यसलाई टुङ्ग्याउन कठिन भइरहेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया