ओली-देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन : राष्ट्रपति

 जेठ ७, २०७८ शनिबार ०:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका लागि दुवैले आज दाबी पेस गरेकोमा दाबी नपुगेको भन्दै राष्ट्रपति भण्डारीले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने देखिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीवार वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखिएको भन्दै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ को उपधारा (५) को प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको थिए । जसका लागि राष्ट्रपति भण्डारीले आज बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।

यस्तो छ विज्ञप्ति -

 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया