च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेक...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।
यस्तै, मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले मुख मात्रै छोप्ने तर नाक नछोप्ने गरेको पाइएको छ । १४ प्रतिशत नागरिकले मात्रै मास्कको सही उपयोग गरेका पाइएको छ । मास्कसहित स्वास्थय मापदण्डको सही प्रयोग नगर्दा जोखिम झनै बढ्दै गएको अध्ययनलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यका मापदण्ड पालना भने लापरबाही छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भन्नुभयो–'हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।'
उहाँले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले नाक राम्ररी नछोप्ने गरेको पाइएको बताउनुभयो । सहसचिव अग्रवालका अनुसार १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् । कर्नाटक, पश्चिम बङ्गाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उहाँले बताउनुभयो ।
'कुनै एउटा व्यक्तिले दूरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,' उहाँले भन्नुभयो । अध्ययनका आधारमा पनि उहाँले भौतिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
भारतमा कोरोना भाइरसका नयाँ बिरामीको सङ्ख्या घट्दै गए पनि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दैनिक सङ्ख्यामा कमी आउन सकेको छैन । भारतमा अझै पनि झण्डै ३० लाख जनामा सक्रिय सङ्क्रमण छ ।
भारतमा गएको २४ घण्टामा दुई लाख ५४ हजार ३ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् भने चार हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।