च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेक...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - इजरायल र प्यालेस्टाइनले युद्धविरामको सहमति गरेपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुगेको छ ।
युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पुर्याउन थालेका हुन् ।
स्वास्थ्य सामग्री, खानेकुरा र इन्धन बोकेका ट्रक गाजामा पुगेको बीबीसीले जनाएको छ । लडाइँका कारण हजारौँ नागरिक घाइते भएकाले उनीहरुको उपचारका लागि तत्काल व्यवस्था मिलाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।
युद्धविरामपछि प्यालेस्टाइनीहरु घर फर्किएका छन् । ११ दिनसम्म चलेको लडाइँमा २५० जनाभन्दा धेरैको ज्यान गएको थियाे । गाजामा एक सय महिला तथा बालबालिका र २२५ जना हमास लडाकु रहेको इजरायलले दाबी गरेको छ । तर हमासले आफ्ना कति लडाकु मारिए भन्ने खुलाएको छैन ।
इजरायलतर्फ दुई बालबालिका र एक सैनिकसहित १३ जनाको ज्यान गएको छ । हिंसाका कारण हजारौँ मानिस विस्थापित भएका छन् । द्वन्द्वका क्रममा कयौँ संरचनाहरु ध्वस्त भएका छन् । ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि वर्षौं लाग्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।