सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो, चाँदीको भ...
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउनु भएको छ ।
आज एक प्रेस विज्ञप्ति निकालेर देउवाले राष्ट्रपतिबाट आह्वान भए अनुसार आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरे पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई अस्विकार गर्दै एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भइ संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने घोषणा गरेका ओलीलाई प्रधानमन्त्री निरन्तरता दिन खोज्नु असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै उहाँले वर्तमान सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।