खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार हो : प्रधानमन्त्री ओली

 जेठ ८, २०७८ शनिबार १७:५२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार भएको आरोप लगउनुभएको छ ।

खनाल–नेपाल समूहका नेताहरुले निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको भन्दै उहाँले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताउनुभयो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पुर्‍याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई 'तिमी' भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभएको छ । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षदेखि मानिसलाई गम्भीर प्रकारका आरोपहरु लगाइरहेको पनि बताउनुभयो । प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएको उहाँको आरोप छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया