प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय

 जेठ ८, २०७८ शनिबार १८:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै यसको संवैधानिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रपति र प्रधानमन्त्रीको कदमकोे प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपीलसमेत गरेको छ ।

यस्तै माओवादी केन्द्रले महामारीसँग जुधिरहेका नागरिकलाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुस ५ गतेको प्रतिगामी कदमलाई फेरि निरन्तरता दिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको कदमको विरुद्धमा संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गर्दै उहाँले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सरकार सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया