माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

 जेठ १२, २०७८ बुधबार १२:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो ।

अहिले काठमाण्डौ र बाहिर गरी १२ शाखामा रक्तसञ्चार कार्यक्रम सञ्चालन गरी रगत सङ्कलन गरिरहेको ब्लड डोनर्स एसाेसिएशनका अध्यक्ष सानुबाबु श्रेष्ठले बताउनुभयो । रगतको मागका आधारमा एसाेसिएशनले रगत सङ्कलन तथा वितरणको काम गर्दै आएको छ ।

निषेधाज्ञाका कारण रगत सङ्कलन अभियानहरु स्थगित भएकाले अत्यावश्यक बिरामीको उपचारका लागि रगत पुर्याउन समस्या भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया