न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको उपचारको क्रममा काठमाण्डौको निदान अस्पतालमा आज बिहान निधन भएको हो ।
उहाँ लामो समयदेखि निमोनिया र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल कांग्रेसमा प्रवेश गरेर कांग्रेस महासमिति सदस्यसमेत बन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।